केवल टेलिभिजन व्यवसायीहरुको माग सम्बोधन हुन्छः ऊर्जामन्त्री भुसाल

स्वर्णिम खबर
१३ आश्विन २०७८, बुधबार १८:२९

१३ असोज, काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताउनु भएको हो । उहाँले सरकारले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताउनुभयो । मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवाद द्वारा केवल टेलिभिजन व्यवसायीहरुको मागको हल निकाल्ने बताउनुभयो । मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले आजको विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*