एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने होः बाबुराम भट्टराई

स्वर्णिम खबर
११ आश्विन २०७८, सोमबार १८:४२

११ असोज, काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिनु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले संसदलाई २÷२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गर्नु भयो । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिनु भयो । अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहो¥याउनु भयो । यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ । सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१÷२२ अर्ब कालोधनलाई बैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहाँले अव नेपाललाई नै सरकारले कालोसूचिमा पार्ने प्रयास गरिरहेको प्रतिक्रिया दिनुभयो । सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्क समेत गर्नु भयो । यस्तै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*