गठबन्धनसँग मिल्दै प्रदेशमा संयुक्त सरकार चलाउनेः माधवकुमार नेपाल

स्वर्णिम खबर
९ आश्विन २०७८, शनिबार १८:०४

९ असोज, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताउनुभएको छ ।
शनिवार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत) छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको हो । उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशिल हुने बताउनुभयो । अध्यक्ष नेपालले गठबन्धनका विचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताउनुभयो । उहाँले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताउनुभयो । उहाँले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको बताउनुभयो । आफुहरुले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*