सुकुम्बासीका समस्याहरुलाई हटाउँछौंः अध्यक्ष निरौला

स्वर्णिम खबर
३० भाद्र २०७८, बुधबार १९:२९

३० भदौ, काठमाडौँ । भूमिसम्बन्धि समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौंलालाई सपथ गराउनु भएको हो । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौंलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताउनुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताउनुभयो । सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*