प्रतिस्थापन विधेयक पारित नहुँदा सरकार खर्च गर्न नपाउने अवस्थामा

स्वर्णिम खबर
२९ भाद्र २०७८, मंगलवार १७:२४

२९ भदौ, काठमाडौँ । संसदमा पेस भएको गरेको प्रतिस्थापन विधेयक पारित नभएपछि सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।
कानुनअनुसार बुधवारसम्म सरकारले प्रतिस्थापन विधेयक पास गर्नुपर्नेमा संसद् असोज ४ गतेसम्मका लागि स्थगित भएपछि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो । सरकारले संसद् विघटन गरेपछि गएको जेठ १५ गते तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट ल्याउनुभएको थियो । संसद् चलेको ६० दिनभित्र अध्यादेश पारित गर्नुपर्नेमा अर्थ मन्त्री जनार्दन शर्माले यही भदौको २५ गते प्रतिस्थापन विधेयक पेस गर्नुभएको थियो । विधेयक पास गर्नुपर्नेमा एमालेका सांसदले नाराबाजी गरेपछि संसद् बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । अब सरकार कानुनी हिसाबले खर्च गर्न नपाउने स्थितिमा पुगेको छ । यसैबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा पाँच÷सात दिन सरकारी खर्च रोकिन सक्ने बताउनुभएको छ । अर्थ मन्त्री शर्माले केही दिन सरकारी खर्च रोकिन सक्ने र यसले खासै फरक नपर्ने बताउनुभएको हो । आफूले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको बताउँदै अर्थ मन्त्री शर्माले पेस्की बजेट पनि नल्याउने र अध्यादेशबाट पनि नभइ नियमित प्रक्रियाबाटै यसलाई पारित गरिने बताउनुभयो । अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै त्यस अन्र्तगत कर उठिराख्ने पनि बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*