बागमती प्रदेशका मन्त्रीहरुको सपथमा पत्रकारलाई प्रवेशमा रोक
२३ भदौ, हेटौंडा । बागमती प्रदेश प्रमुखको कार्यलय अगाडी हेटौंडाका पत्रकारहरुले विरोध प्रर्दशन गरेका छन् ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रीहरुलाई सपथ खुवाउने कार्यक्रमको समाचार संकलनका लागी पुगेका पत्रकाहरुलाई प्रवेश गर्न नदिएपछि उनीहरुले विरोध गरेका हुन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुख यादव शर्माले सपथ खुवाउने कार्यक्रम रहेको थियो । समाचार संकलनका लागी पुगेका पत्रकारहरुलाई प्रदेश प्रमुखको कार्यालयमा प्रवेश गर्न नदिएपछि उनीहरुले त्यसको विरोधमा कलम, डायरी, क्यामेरा, भ्वाइस रेकर्डरलगायतका सञ्चार सामग्री प्रशासन परिसरमा राखेर विरोध प्रदर्शन गरेका थिए । पत्रकारहरुको विरोध पछि अन्तिम समयमा पत्रकारहरुलाई सपथ कार्यक्रममा प्रवेश दिइएको थियो तर सपथ कार्यक्रम अन्तिमचरणमा पुगिसकेको थियो । सपथ ग्रहण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गरेको भन्दै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप सैह्य नहुने भन्दै असन्तुष्टि व्यक्त गरे ।