संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन

स्वर्णिम खबर
२२ भाद्र २०७८, मंगलवार १९:२०

२२ भदौ, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।
मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको हो । बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रीपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए भने प्रधानमन्त्री देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई पनि अघि बढाउने धारणा राख्नु भएको थियो । एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुन प्रक्रिया अघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेर अघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राख्नु भएको सचेत भुसालले बताउनु भयो । काँग्रेस संसदीय दलले संघीय संसदको बुधबारबाट सुरु हुने बैठकमा संसदमा विचाराधिन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*