पार्टी विभाजनको औचित्य स्थापित हुन सक्दैनः सुवाष नेम्वाङ

स्वर्णिम खबर
१८ भाद्र २०७८, शुक्रबार १९:१७

१८ भदौ, काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौति दिनु भएको छ ।
संविधानसभाका अध्यक्ष समेत रहनु भएका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पार्नु भयो । विना विचारधारा, दर्शन र कार्यक्रम विना पाटी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उहाँले त्यस विपति गएर माधव नेपालहरुले पार्टी फुटाएको आरोप समेत लगाउनु भयो । पार्टी निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेपाल लगायतका नेताहरुलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले अध्यक्ष केपी ओलीमाथि हुँदै नभएको जघन्य आरोप लगाएर पार्टीलाई फुटाउने काम गरेको बताउनुभयो । नेता खरेलले दल फुटाउन अध्यादेश ल्याउने काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो । लोकतन्त्रमा दलहरु फुटाउने काम गर्नु अपराध हुने उहाँको तर्क थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*