योे विद्रोह नव निर्माणको निम्तिः पूर्वप्रधानमन्त्री खनाल

स्वर्णिम खबर
१४ भाद्र २०७८, सोमबार १९:१५

१४ भदौ, काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट आफूहरुले विद्रोह गर्नु परेको बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको तर्क समेत गर्नु भयो । भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि बिद्रोह गरिएको उल्लेख गर्दै त्यो बिद्रोह नव निर्माणको निम्ति भएको पनि बताउनु भयो । वरिष्ठ नेता खनालले आफूले पार्टीमा कार्यकारी पोष्टको दावी नगर्ने पनि स्पष्ट पार्नु भएको छ । पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गर्नु भयो । वरिष्ठ नेता खनालले आफू बाचुन्जेल देश, राष्ट्र, राष्ट्रियता र क्रान्तिकारी कुम्यनिष्ट पार्टीको निर्माण र विस्तारमा समर्पित गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । वरिष्ठ नेता खनाललाई स्वागत गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायत बिमानस्थलमा पुग्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*