सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउँछः मीन विश्वकर्मा

स्वर्णिम खबर
१३ भाद्र २०७८, आईतवार १९:२४

१३ भदौ, काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने बताउनु भएको छ ।
सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनु भएका नेता विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिनु भएको हो । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुको निर्माण गर्ने दलहरुबीचको सहमति कार्यान्वयन भईसकेकाले अव सरकारलाई पूर्णता दिने काममा ढिलाई गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नु भयो । नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारका सहभागी हुने आफूले जानकारी पाएको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको र सत्तारुढ दल नेपाली काँग्रेसको चर्को आलोचना गर्नु भयो । उहाँले सभामुखले आफ्नो दलले कारबाही गरिसकेका सांसदहरुलाई बैधता दिएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणमा सघाउ पु¥याएको आरोप लगाउनुभयो । नेता थापाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको निर्माण अवैधानिक ढंगले भएको जिकीर गर्दै त्यस विरुद्ध आफूहरु सर्वोच्च अदालत जाने चेतावनी समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*