यात्रा संस्मरण अपुरो यात्रा पूर्ण अनुभूति (बाँकी अंश) गज्जबको रोगमुक्ति उपाय फेलापर्यो

रामशरण दुलाल
६ भाद्र २०७८, आईतवार १५:२०

पुग्न नसकेको आधारशिबिर अनि टाउको दुखाई हल्का ज्वरो रात परिसकेको छ, तल झर्ने आँट छैन । लेक लाग्यो भने मान्छे फर्कन गाह्रो हुन्छ भन्ने अरुका कुराले तर्साएको छ । सिरानीमा टाउको बजार्न मन लाग्छ तर, के गर्नु ? दुखाई कम हुँदैन, मनमा …….यो बिहान कतिखेर हुन्छ भन्ने लागिनै रह्यो तर हुदैन, निद्रा लाग्ने त कुरै भएन हामी संगै जानुभएको उमेरले मेरो बुबाको उमेरका लक्ष्मीचरण दाइ हिजो सगरमाथा आधार सिबिर पनि पुग्नुभयो । आज बिहानै ५ः४५ बजे नै कालापत्थरको यात्रामा निस्कनुभयो । कालापत्थरको उचाई ५५४५ मिटर रहेको छ । यो उचाई सगरमाथा आधार सिबिर भन्दा नि धेरै छ । त्यसैले अरु साथीहरुले पनि आट गर्नुभएन । म सँग गएका सबै साथीहरु कहीँ न कही हिमालको यात्रा गरिसकेका थिएँ । तर म त पहिलो पटकमै सगरमाथा आधारसिबरको यात्रामा निस्कीएको थिएँ । मलाई गोरक्सेपमा पुगुन्जेल केही भएको थिएन , रमाइलो भैरहेको थियो । त्याहाँका मनमोहक दृश्यहरुमा रमाईरहेकै थिएँ । तर के गर्ने रातभरी मनमा एउटै कुरा खेलीरह्यो आज म………एक दिन अगाडीको कुरा हो लुबुचेमा बसेका बेला होटलकी साहुनीले भन्दै थिईन । एक महिना अगाडी एउटा भरर्खरको केटामान्छे आधार सिबिर पुगेर आकोरे यहाँ एक छिन बसेर टाउको दुख्यो भन्दै थियो । अगाडिको धारो देखाउदै साहुनीले भन्दै थिईन । उ त्यो धारोमा मुख धोएको मात्र के थियो रगत मुखवाट आउन थाल्यो अनि एकै छिन…., केही बेरै लागेन लेक लाग्यो भनेत ज्यानै लिन्छनी बाबु । त्यो साहुनीको कुराले न त मलाई गोरक्सेपको बसाई रमाईलो लाग्यो न त म त्याहाँ गएकोमा खुसी, सब चकनाचुर भयो,मृत्युसंग नजिकवाट साक्षात्कार हुदै थियो । शरिर काँप्दै छ चिसोले हैन, ज्वरोले मन मनै भन्दै थिए लग्यो आज त लग्यो । बिहान लक्ष्मीदाई हिड्नु भएपछि मलाई पनि अब तल झर्ने आँट आयो र अरु साथीहरुलाई भने अनि म लुबुचे तर्फ झर्न थाले । सबैले लेक लाग्यो भने तल झरीहाल्नु भन्थे त्यही भएर अरु साथीहरुको प्रतिक्षा नगरी म झर्दै गए । मुख सुकेर ओठका केस्रा केस्रा भएको छ । तातोपानी बोकेको थिए धेरै तातो भएछ खान सकिएन । बाटोमा मैले पानी खान खोजेर नसेको एक कोरीयन पर्यटकले देखेछन् । मलाई उसले मेरो बोतलको पानी खानुस भनेर दियो । तर उसका पनि ओठ मेरा भन्दानि फुटेका थिए । उसको गाईडले मलाई सम्झायो बाचिन्छ भने धेरै सोच्न हुन्न भाई खानुुुस तपाईलाई धेरै गाह्रो भैसकेको छ जस्तो छ । पानी धेरै नखानुस तर ओठ चंै भिजाउनुस , के गर्ने मर्नु भन्दा बौलाउनु निको भनेको जस्तो दिगमिग लाग्दा लाग्दै पनि उसको जुठो खाईयो अनि ध्न्यवाद भनेर त्यहाँवाट उनिहरु भन्दा अगाडी अगाडी हिडे र लुबुचेको त्यही न्यु इबिसि गेष्ठ हाउसमा आई पुगें त्याहाँ भएको साउनी मलाई देख्ने बित्तिकै …लौ हेर यो भाईलाई गाहे भएको जस्तो छ , ल आउ आउ बस भन्दै ज्वरो नाप्न लगाईन १०१ थियो । अनि गार्लेक सुप खान भनिन र मलाई हेलीमा राखेर पठाउन उनले हेलीलाई खवर पठाईन हेली आउने कुरा भयो । त्याहाँ हेलिकोप्टर भनेको यहाँ अटो चलेको जस्ता आकासमा उडि नै रहेको हुने रैछ । साउनीले मलाई सिटामोल ल्याएर दिनुभयो मैले खाए । केही क्षणमा हेली आयो तर अनुहार हेरेर बोक्दो रहेछ हेलीले पनि ४ जना भन्दा लान मिल्दैन भनेर उडिहाल्यो । त्यती बेलासम्म गोरक्सेपवाट रविन,भिसागर र भास्करजी पनि आईसक्नुभएको थियो । हामी अब जति सक्दो चाँडै झर्नु पर्छ भन्दै थुक्लाको आरालो झदै फेरुचे हुँदै सोमारेमा बेलुकी ५ बजेको समयमा पुगियो र त्यहीँ बस्ने निर्णय ग¥र्यौ । तर कालापत्थर जानुभएको लक्ष्मीचरण दाई भने आईपुग्नुभएको थिएन । लक्ष्मीचरणदाई साझ ६ः३० बजे तिर आई पुग्नुभयो । हामी सबै एकै ठाउमा भयौँ । तर मलाई गाह्रो हुन हराएको छैन, मन्द ज्वरो र टाउको दुखाई अझै छ । हामीसंग स्वास्थ्यकर्मी भास्कर जी हुनुहुन्थ्यो । उहाँले केही मेडिसिन बोकेर जानुभएकोले । मैले बेलुका त्याहाँ पनि सिटामोल खाएँ,केही राहत महशुस गरेँ । केही मन हल्का पनि भयो अब चंै बाँचियो । तर यात्रा अझै जारी छ । अझै दुई देखी तीन दिनको हिडाई हिड्नु छ । मनमा डर कायमै छ । तर सोचेर मात्र पुग्न नसकीने , चाहेर मात्र पनि पुग्न नसकिने सगरमाथाको आधार सिबिर पुग्नै नसके पनि पहिलो पटक नजिकैवाट महशुस गरेर फर्केको छु । मनमा खुशी छ । सोमारेको बसाई पछि २३गते बिहानै नाम्चे सम्म पुग्ने अठोटका साथ हिँडियो । ३९३० मिटरको उचाई भएको पाम्बोचे हुदै १० बजे डेबुचेमा पुगेर खाना खायौं । साकाहारी खानाको जम्मा छ सय मात्र पर्ने रहेछ ।फुङ्गीथाङ्ग हुदै सनासामा पुगेर खाजा खाईयो । सनासामा पुग्दा ३ बज्न लागिसकेको थियो । साह्रै रमाइलो मनमोहक दृश्यहरु थिए । तर,मलाई फेरी ज्वरो आउन थालेको थियो । लगातारको हिडाई शरिरको थकाई त्यहाँ माथि लेक लागेको मलाई नाम्चे कति बेला आँउछ र थकाई मार्न पाईन्छ भन्ने मात्र थियो । साह्रै सुन्दर बस्ती नाम्चे धेरै बेरको हिडाई पछि पुगियो । त्यही बास बसियो र भोलिपल्ट बिहानै लुक्लाको लागि प्रस्थान गरियो । लुक्ला हिडाईको अन्तिम गन्तब्य थियो । मन्द ज्वरो टाउको दुखाई कायमै थियो । केही बेरको हिडाई पछि लक्ष्मीचरण दाईलाई मेरो हालत देखेर माया लागेछ । आफ्नो पच्चिस तीस किलोको झोला हुँदा हुदै मेरो झोला पनि बोकीदिनु भयो । केही समयको हिँडाई पछि जोरसल्लामा पुगेर खाना खाईयो अनि हिडाई जारी रह्रयो । करिब ३ बजेको थियो । हामी फाक्दिनमा पुग्यौ । अनि एउटा ठुलो ढुङगामा बसेर खाजा खान थाल्यौ । त्यतिकैमा काठमाडौंका २ जना मित्रहरु गोकियो हिमालको यात्रा गरेर फर्कनुभएको रहेछ । उहाँहरु पनि हामी संगै बसेर खाजा खान थाल्नुभयो । भन्न मिल्छकी मिल्दैन तर औषधीको रुपमा प्रयोग हुने ठुलो औषधी रहेछ गाँजा मलाई त्यस दिन थाहाभयो । उहाँहरुले चिलिममा भरेर खान थाल्नुभयो । मलाई गाह्रो भएको कुरा भने उहाँले भन्नुभयो यो एक पटक तान्नुस ठिक हुन्छ । मैले जे त होस भने र जम्मा दुई पटक सर्को लगाए , त्यो भन्दा अगाडी मैले शिबरात्रीको समयमा त्यस्तै एक दुई सर्को खाएको थिए र आज खाँदैछु । करिब १५ मिनेटको बसाई पछि हामी हिड्न तयार भयौ । अचम्मको कुरा म त्यस्तो बिमारी भएर अरुले बोकेको झोला आफै बोकेर हिडे, अनि सबै भन्दा अगाडी लुक्ला पुगेँ ज्वरो पनि हरायो । संयोग वा अगिको अर्गानिक औषधीले काम ग¥यो थाहा भएन तर म ठिक भएँ । म यति छिटो पुगेको रहेछु कि हिँडाईमा माहिर कसैले भेट्न नसक्ने लक्ष्मीचरण दाई भन्दा नी आधा घन्टा अगाडी पुगेछु । लुक्ला हाम्रो हिडाईको अन्तिम गन्तब्य र बिश्वकै दोस्रो धेरै खतरनाक एयरपोर्ट जहाँवाट हामीलाई भोलि उडान भर्नुथियो । मेरो यो यात्रा अबिस्मरणीय रह्यो । सिम सिमे पानीमा भन्ने गित याद आयो एकाबिहानै सुतिरहेको बेला आज केही बेर मौसम खुल्ला जस्तो छ । प्लेन आउन थाल्यो छिटो तयार हुनस ।होटलका साहुजीले भन्नुभयो हामीले अघिल्लो दिनै भनेका थियौ त्यसैले राम्रोसंग कपडा पनि नलगाई हामी हिँड्यौ । पानी परीरहेकै थियो हतार हतार प्लेन चढ्यौ भिमसागर जी रबिन भाई र म समिट एयरमा र लक्ष्मी चरण दाई भास्कर जी सीता एयरमा काठमाडौका लागि उडियो । बिश्राम….

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*