बागमती प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

स्वर्णिम खबर
४ भाद्र २०७८, शुक्रबार १९:१०

४ भदौ, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार शर्माले प्रदेश प्रमुख पदको शपथ लिएका हुन् । त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए । नवनियु क्त प्रदेश प्रमुख शर्मा नेकपा एमालेको विदेश विभागका पूर्वसचिव हुन् । उहाँले लामो समय माधवकुमार नेपालको सचिवालयमा रहेर काम गर्नुभएको थियो । सरकारकै सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम यसअघिका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*