एमालेमा कुनै गुट छैन,अब एक ढिक्का भएर अघि बढ्छः निवर्तमान मुख्यमन्त्री पौडेल
३ भदौ, हेटौँडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले अब नेकपा एमलोमा कुनै पनि गुट, उपगुट नरहेको बताउनुभएको छ ।
बिहिबार बिहान हेटौँडामा पत्रकार सम्मेलन गर्दै उहाँले गुटको अन्त्य भएर अब पार्टी एक ढिक्का भएर अगाडि बढ्ने बताउनुभयो । पद र प्रतिष्ठा भन्दा पार्टी ठुलो ठानेर नै मुख्यमन्त्रीबाट राजीनामा दिएको उहाँले स्पष्ट पार्नुभयो । पार्टीलाई ठुलो फुटबाट जोगाएको दाबी गर्दै उहाँले मुख्यमन्त्रीको पद छोड्दा कुनै दुख नलागेकोद जिकिर गर्नुभयो । नेकपा एमालेको केन्द्रिय सदस्य समेत रहनुभएका उहाँले आफु मुख्यमन्त्री भएकै कारण हेटौँडाले काचुली फेरेको दाबी गर्नुभयो । ४२ महिना बागमती सरकारको नेतृत्व गर्दा हेटौंडालाई प्रदेशको स्थाई राजधानी, स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन, मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम लागू, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, प्रदेश भित्रका अस्पतालमा उपचार पद्धतिमा परिवर्तन लगाएतको काम गरेको उहाँले जिकिर गर्नुभयो । निवर्तमान मुख्यमन्त्री पौडेलले प्रतिकुलताबीच पनि साढे ३ वर्ष काम गर्दा असन्तुष्ट हुनुपर्ने कुनैपनि कारण नरहेको पनि दोहो¥याउनु भयो ।