बागमतीमा अष्टलक्ष्मी चुनिए संसदीय दलको नेता, मुख्यमन्त्री बन्ने बाटो खुला
२ भदौ, हेटौँडा । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी छन् ।
एमाले संसदीय दलको आज बसेको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेको हो । नेतामा चयन भएसंग शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो । हटौंडास्थित प्रदेश सभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए ।