अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि एक समिति निर्माण

स्वर्णिम खबर
३१ श्रावण २०७८, आईतवार १८:५९

३१ साउन, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न संयोजन गर्नका लागि एक समिति निर्माण गरेको छ ।
सरकारले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्यालले बताउनुभयो । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उहाँले सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतवारदेखि नै काम गर्ने उहाँले बताउनुभयो । अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौैडेलले बताउनुभयो । नेपालीहरु अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उहाँले उल्लेख गर्नुभयो । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उहाँले बताउनुभयो । सरकार दुतावास तथा अफगानिस्तानमा रहेका नियोगहरुसँग सम्पर्कमा रहेको उहाँले बताउनुभयो । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सुचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक÷एक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चान गर्ने पनि सचिव पौड्यालले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*