बागमती प्रदेश युवा परिषद्ले पुर्णता पायो, मनोनित सदस्यहरुले लिए शपथ

स्वर्णिम खबर
२८ श्रावण २०७८, बिहीबार १९:१९

२८ साउन, हेटौँडा । बागमती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनित सदस्यहरुले बिहिबार शपथ ग्रहण गरेका छन् । सामाजिक बिकास मन्त्रालयमा एक कार्यक्रमाको आयोजना गर्दै सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले बागमती युवा परिषदका मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको हो । मनोनित सदस्यहरुको नियुक्ति तथा सपथ ग्रहणपछि प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । सपथ ग्रहण पश्चातत युवाहरुलाइृ सम्बोधन गर्दै मन्त्री बस्नेतले अबको आवश्यकता स्वरोजगार युवा भएकोले युवालाई स्वरोजगारमुखी चिन्तनका साथ अघि बढ्न र कार्यक्रम गर्न सुझाव दिनुभयो । यस्तै मनोनित सदस्यहरुले प्रदेशका सबै जिल्लाका युवाहरुको समस्यालाई समेट्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । सामाजिक बिकास मन्त्रालयले सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा, सुदिप गौतम, प्रिती श्रेष्ठ, डालिया नेपाली नियुक्त गरेको छ । प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्ष सहित युवाको हक हितको संरक्षणमा योगदान पुर्याएका कम्तीमा महिला तिन जनासहित ६ जना र उद्योग , श्रम, कृषि, खेलकुद, बिज्ञान, प्रबिधि, सुचना सञ्चार लगायत वातावरण, साहित्य तथा कलाको क्षेत्रबाट प्रतिनिधीत्व हुने गरी चार जना र लैंगिक तथा यौनिक अल्पसँख्यक मध्येबाट १ जना गरि मनोनित ११ जना सदस्यहरु नियुक्त गर्ने व्यवस्था छ । गएको असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाइ नियुक्त हुनुभएको भएपनि सदस्यहरुको नियुक्ति नहुँदा परिषद्ले पुर्णता पाउन सकेको थिएन । सामाजिक बिकास राज्यमन्त्री डा. रामकुमार अधिकारी लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा भएको शपथ कार्यक्रम भएको थियो । यसअघि बिहिबार नै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलद्धारा परिषद्को कार्यालय उद्घाटन भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*