श्वेतपत्रमा कुनै आग्रह र प्रर्वाग्रह छैनः अर्थमन्त्री शर्मा

स्वर्णिम खबर
२८ श्रावण २०७८, बिहीबार १४:४२

२८ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र प्रर्वाग्रह नरहेको स्पष्ट पार्नुभएको छ ।
बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताउनुभएको हो । उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको दाबी गर्नुभयो । उहाँले यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि प्रष्ट पार्नुभयो । उहाँले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रश्तुत गरिएको बताउनुभयो । यसको निर्णय संसदले गर्ने उहाँले बताउनुभयो । बजेटको बारेमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताउनुभयो । आग्रह र प्रर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*