विद्युत प्राधिकरणको दोश्रो कार्यकाल जीवनकै ठुलो चुनौतीः कुलमान घिसिङ

स्वर्णिम खबर
२७ श्रावण २०७८, बुधबार १७:३१

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशन अनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गर्नु भएका उहाँले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको हाईटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको हो । आम जनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरी सो जिम्मेवारी दिएको उल्लेख गर्दै नवनियुक्त कार्यकारी निर्देशक घिसिङले दोश्रो कार्यकाललाई जीवनकै ठुलो चुनौतीको रुपमा लिएको स्पष्ट पार्नुभयो । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई जनताको अपेक्षा अनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गर्नु भयो । उहाँले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पार्नु भयो । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उहाँको योजना छ । घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले उर्जा आयोगका लगेर सम्मान गरेको पनि बताउनु भयो । उहाँले आफूले ठूलो चुनौति मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरी काम गर्ने पनि बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*