प्रहरीले दुर्व्यवहार गरेको ब्यापारीको गुनासो
२६ साउन, हेटौँडा । कोभिड संक्रमण रोक्न निषेधाज्ञालाई कडाई गर्ने बाहानामा मकवानपुर प्रहरीले व्यापारी र सर्वसाधारणलाई दुःख दिएको यहाँका व्यवासायीहरुले गुनासो गरेको छन् ।
दिउँसो १२ बजेदेखि ४ बजेसम्म पसल खुला गर्न स्थानीय प्रशासनले समय दिएको छ । सो समयमा पसल बन्द गरिरहेकै अवस्थामा ब्यापारीलाई प्रहरीले गालीगलौज गर्ने अभद्र ब्यवहार गर्ने गरेको यहाँका ब्यापारीहरुको गुनासो छ । मकवानपुरका अधिकांस व्यापारीले कोरोना बिरुद्धको खोप लगाईसकेका छन् । स्थानीय तह मार्फत धेरै नागरिकले खोप लगाईसकेको परिस्थीतीमा बजारलाई सहज बनाउँदै लानुपर्ने ब्यवसायीहरुको माग छ । सेवाग्राहीको भीड हुने सरकारी कार्यालय खुला गरेको प्रशासनले ब्यापारीलाई मात्रै दुःख दिएको उनीहरुको गुनासो छ । यता प्रहरीप्रशासनले भने संयमता पुर्वक व्यापारीहरुलाई समय सिमा भित्रै पसल बन्द गर्न आग्रह गरेको दावी गरेको छ ।