मकवानपुरमा निषेधाज्ञा लम्बियो, पसल बिहान १० बजेसम्म मात्र खोल्न पाउने
२३ साउन, हेटौँडा । मकवानपुर जिल्लामा जारी निषेधाज्ञा पुनः एक साता लम्बिएको छ ।
पछिल्लो केही दिनदेखि जिल्लामा कोरोना संक्रमणदुर बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको हो । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो । प्रत्येक दिन बिहान ११ बजे सम्म खोलिदै आएको खाद्यान्न तथा तरकारी पसल बिहान १० बजे सम्म मात्र खोल्न अनुमति दिइएको छ । अन्य व्यवसाय १२ बजे देखी ४ बजे सम्म मात्र सञ्चालनका अनुमति दिइएको छ । सवारी साधनमा जोर विजोर प्रणाली कायम गरिएको छ ।