अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्छः रामनारायण बिडारी
२२ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको छ ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रुपमा अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ति नियुक्तिहरु बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको हो । उहाँले संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गर्नुभयो । उहाँले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिवहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गर्नुभयो । वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुन नहुने बताउनुभयो ।