जयसिंह धामी बेपत्ता प्रकरणमा नबोल्नु बिपी कोइरालाकै अपमानः कोमल वली

स्वर्णिम खबर
२२ श्रावण २०७८, शुक्रबार १८:००

२२ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताउनुभयो । उहाँले विपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताउनुभयो । उहाँले नेकपा(माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले यस अघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई इंकित गर्दै डुंगामा प्वाल परिसकेपछि महशुस गर्नुले कुनै अर्थ नराख्ने बताउनुभयो । उहाँले आफ्नै जहाजलाइृ डुबाउनेहरुबाट भविष्यमा अरु सुरक्षित हुन नसक्ने पनि बताउनुभयो । उहाँले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु निर्लज्जता भएको टिप्पणी गर्नुभयो । वर्तमान सरकारले भोको पेटको दर्दलाई महशुस गर्न नसकेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*