पारसले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

स्वर्णिम खबर
१९ श्रावण २०७८, मंगलवार ११:५७

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति निकालेर खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको जनाएका छन् । सन् २००९ मा कप्तान भएका खड्काले २०१९ मा कप्तानी छोडेका थिए । खड्काले नेपालका लागि १० एक दिवसीय तथा ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एक दिवसीयमा ३ सय १५ र टी–ट्वान्टीमा ७ सय ९९ रन बनाए । साथै एक दिवसीयमा नौ र टी–ट्वान्टीमा आठ विकेट लिन सफल भएका थिए । खड्का नेपालका लागि एक दिवसीय र टी–ट्वान्टी दुवैमा पहिलो शतक प्रहार गर्ने खेलाडी पनि हुन् । पारसकै कप्तानीमा नेपालले आईसीसी क्रिकेट लिग डिभिजन ५ बाट खेल्दै टि–२० विश्वकप समेत खेल्ने मौका पाएका थियो । यस्तै उनकै कप्तानीमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता पनि पाएको थियो । एसोसिएट क्रिकेटकै स्टार खेलाडीको रुपमा रहेका पारसले केही विदेशी फ्रेन्चाइज लिगमा पनि खेल्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*