छानबीन समितिको प्रतिवेदन आएपछि धारणा सार्वजनिक गर्नेः गृहमन्त्री खाँड

स्वर्णिम खबर
१८ श्रावण २०७८, सोमबार १६:४७

१८ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँडले यस घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी दिदैँ छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताउनुभयो । उहाँले छानविन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने उहाँले बताउनुभयो । प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाई छ । गृहमन्त्री खाँडले यस वर्षको विपतबाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्की लगायत ५५ जिल्ला प्रभावित भएको जानकारी दिनुभयो । मनसुनजन्य विपतका कारण हालसम्म ६७ जनाको मृत्यु, ४० जना बेपत्ता र ८१ जना घाइते भएका उहाँले बताउनुभयो । विभिन्न ४० जिल्लामा ६ सय १९ नीजि घर पूर्ण क्षति, १ सय ६२ वटा घरमा आंशिक क्षति भएको पनि उहाँले उल्लेख गर्नुभयो । क्षति भएको क्षेत्रहरुमा पुननिर्माणका विभिन्न कामहरु सुरु हुन लागको पनि उहाँले बताउनुभयो ।गृहमन्त्री खाँडले प्राकृतिक विपतिबाट केही असहजता देखिएको भन्दै ति चुनौती सामना गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । जनताको जीवन रक्षाको लागि सरकार प्रतिवद्धतापूर्वक अगाडी बढ्ने पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*