माधव नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ छैनः ओली

स्वर्णिम खबर
१६ श्रावण २०७८, शनिबार १७:२२

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राख्नु भएको छ ।
पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दैै उहाँले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधि’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाउनु भएको हो । अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भन्नु भयो, “यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन ।” उहाँले माधव नेपाल पक्षका अन्य नेताहरुलाई भने पार्टीका आउन पुनः आह्वान गर्नु भयो । उहाँले माधव नेपाल पक्षमा नेताहरु नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरुका लागि नरहेको दावी गर्नु भयो ।अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दावी समेत गर्नु भयो । पार्टीमा खुट्टा तान्ने तत्वहरु अव पार्टी भित्र नरहेकाले बहुमत ल्याउन सकिने उहाँको तर्क थियो । अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गर्नु भयो । अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश व्यक्त गर्नु भयो । जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालहरुले सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैैध भएको दावी गर्दै उहाँले त्यस्तो अवैैध, कीर्ते, जाली, अनुशासनहीन काम गर्नेलाई कारवाही गर्नुपर्नेमा अदालतले कारवाही गर्न पाईदैन भनेर फैसला गरेको भन्दै आपत्ति जनाउनु भयो । अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको दावी समेत गर्नु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउन नेपाली जनताले फेरी पनि आफ्नो पार्टीलाई बहुमत दिने दावी समेत गर्नु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*