कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छुः विश्वनाथ पौडेल
१४ साउन, काठमाडौं । योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताउनुभएको छ ।
बिहीवार बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गर्ने बताउनुभयो । उहाँले अब नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने बताउनुभयो । योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको उपाध्यक्ष पौडेलले बताउनुभयो । उहाँले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गर्नुभयो ।