प्रदेश दुग्ध विकास बोर्ड, हेटौंडामा पत्रकारमाथि अभद्र व्यवहार

स्वर्णिम खबर
१२ श्रावण २०७८, मंगलवार १८:४५

१२ साउन, हेटौँडा । समाचार संकलनका लागि गएका मकवानपुरका पत्रकारमाथि बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाको निर्देशक डा. सुलोचना श्रेष्ठले अभद्र व्यवहार गरिकी छिन ।
मंगलबार बागमती प्रदेश दुग्ध विकास बोर्ड, हेटौंडाले किसानलाई अनुदानमा दिन २२ लाखमा ल्याएको ४ सय ३० थान काउ म्याट गुणस्तरहिन भएको भन्ने सुचनाको आधारमा बास्तविकता खोज्दै समाचार संकलनको निम्ती कृषि तथा सहकारी मन्त्रालय पुगेका टिम टेलिभिजन हेटौंडाको पत्रकार सरोज पौडेल र हेटौंडा सन्देश राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत पत्रकार निशा गुरुङ्गमाथी बोर्डको निर्देशक डा. सुलोचना श्रेष्ठले अभद्र व्यवहार गरिकी हुन । उहाँले यस विषयमा बोल्न नचाहेको बताउदै पत्रकारहरुलाई धम्कीपुर्ण शैलीमा पैसा चाहियो कि विज्ञापन चाहियो भन्दै पत्रकारहरुमाथी अभद्र व्यवहार गरेकी हुन । उहाँ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रवक्ता समेत रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*