सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र हुँदैछः प्रचण्ड

स्वर्णिम खबर
९ श्रावण २०७८, शनिबार १४:११

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्काउन अनेक षडयन्त्र भईरहेको बताउनु भएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुई तिहाई बहुमत नजिक पु¥याएपछि प्रतिक्रियावादीहरुले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षडयन्त्र भईरहेको अध्यक्ष दाहालले बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दैै उहाँले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहेपनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भईरहेको उल्लेख गर्नु भयो । अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओली इतिहासमा नराम्रोसँग पछारिएपनि कमजोर ठानि हाल्ने अवस्था नरहेको दावी गर्नु भयो । उहाँले सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौति रहेको उल्लेख गदै मन्त्रीहरुलाई लापरवाही गर्ने कुनै छुट नभएको स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले पार्टी भित्र मन्त्री बन्न दवाव दिनेहरुले आफूलाई मानसिक तनाव बढाएको प्रतिक्रिया पनि दिनु भयो । मन्त्री बन्नका लागि पार्टी भित्रका हुलका हुल मान्छेले आफूलाई ४÷५ दिनयता आतंकित नैै बनाएको दाहालको भनाई छ । अध्यक्ष दाहालले पार्टी भित्र मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँडने जब्बरजस्त प्रवृति भित्रिएको उल्लेख गर्दै त्यसले आजित बनाएको पनि बताउनु भयो । पार्टी भित्र भए मन्त्री, नभए ठूलै राजनीतिक नियुक्ती गर्नुपर्ने नेता, कार्यकर्ताको मानसिकता रहेकाले समस्या रहेको पनि उहाँले स्मरण गराउनु भयो । कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यको जीवनशैलीलाई ग्रहण गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*