ऋण लिएर भएपनि सबै जनतालाई खोप दिन्छौंः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
८ श्रावण २०७८, शुक्रबार १६:५४

८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिवद्धता जनाउनु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यस बीचमा सत्ता साझेदार दलहरुसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सार्नु भयो । पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेताहरुसँग छलफल गरेर जनताले अनुभूति गर्ने खालका कामहरु गरेर देखाउनु उहाँको भनाई थियो । प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्ष समेत रहनु भएका एमाले संसदीय दलका नेता सुवाष नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप समेत लगाउनु भयो । संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढि थाहा भएपनि उहाँले त्यसको व्याख्या गलत ढंगले गरेको प्रधानमन्त्री देउवाको तर्क थियो । त्यस अवसरमा उहाँले आफूलाई विश्वासको मत दिने सबैै सांसदहरुलाई धन्यवाद समेत दिनु भयो । त्यसअघि प्रधानमन्त्रीलाई शुभकामना दिंदै प्रमख प्रतिपक्षी दल नेकपा एमालेले आगामी दिनमा देशमा कस्तो प्रणाली बसाउने भन्नेमा ध्यान दिन पनि प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो भने सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*