पार्टी भित्र एकताको नाममा अपमान सहेर नबस्नेः माधव नेपाल

स्वर्णिम खबर
७ श्रावण २०७८, बिहीबार १७:००

७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टी भित्र बस्न नसकिने चेतावनी दिनुभएको छ ।
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैैैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने नेता नेपालले स्पष्ट पार्नुभयो । नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र एकताको नाममा अपमान सहेर नबस्ने बताउनुभयो ।
वरिष्ठ नेता नेपालले बाँदर जुलुस निकाल्ने, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भईरहेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त गर्न नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसले प्रेरित गर्न सकोस् भनि कामना समेत गर्नुभयो । वरिष्ठ नेता नेपालले पार्टी एक ढिक्का भएर मात्रै नहुने टिप्पणी समेत गर्नुभयो । सही वैचारिक जगमा पार्टी उभिएन भने पार्टी एक ढिक्का भएर पनि कुनै अर्थ नहुने उहाँको तर्क थियो । वरिष्ठ नेता नेपालले देश र जनताप्रति समर्पित भएर अघि बढाउने ध्येयका साथ नेपालमा पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गरेको पनि स्मरण गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*