मन्त्रिपरिषद् पुर्नगठन हुन नसक्दा विधेयकहरुको काम अघि बढ्न सकेन

स्वर्णिम खबर
५ श्रावण २०७८, मंगलवार १७:५९

५ साउन, काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापना भएपनि मन्त्रिपरिषद् पुर्नगठन हुन नसक्दा संसदका विभिन्न समितिमा विचाराधिन अवस्थामा रहेको विधेयकहरुको काम अघि बढ्न नसक्ने भएको छ ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभाको पुनस्र्थापना गरेसँगै यसअघि निष्क्रिय बनेका विधेयकले पुनर्जीवन पाएका छन् । प्रतिनिधि सभामा मात्रै ३६ वटा विधेयक विचाराधिन अवस्थामा रहेको छ । यसभित्र दर्तामात्रै भएका देखि संसदबाट पास हुन बाँकी रहेको सम्म विधेयकहरु रहेका छन् । ति विधेयकहरुलाई पास गर्नका लागि सम्बन्धित मन्त्रालयको मन्त्रीको भुमिका पनि महत्वपूर्ण हुने भएकाले मन्त्रीको अनुपस्थितिमा विधेयकको काम अगाडी बढाउन नसकिने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो । सम्बन्धित मन्त्रालयले पूर्णता पाएमा विधेयकको काम अघि बढाउन सकिने उहाँको भनाई छ । दुरगामी महत्व राख्ने कानुनहरु बन्न नसक्दा त्यसले समस्या पार्न सक्ने पनि प्रवक्ता पाण्डेले बताउनुभयो । आहिले प्रतिनिधि सभाको बिभिन्न समितिमा २०७५ साल देखि छलफमा रहेका बिधेयक छन् । सबैभन्दा धेरै अर्थमन्त्रालयको मात्र ७ वटा विधेयक छलफलमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*