इटाली बन्यो युरोकप २०२० को च्याम्पियन

स्वर्णिम खबर
२८ असार २०७८, सोमबार ०७:१८

२८ असार, हेटौँडा । घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै इटालीले युरोकप २०२० को उपाधि जितेको छ ।
निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा इंग्ल्याण्डले लगातार तीन प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भएको हो । खेलको दोस्रो मिनेटमा इंग्ल्याण्डले अग्रता बनायो । उसका लागि लुक शाले काइरान ट्रिपियरको क्रसमा गोल गर्न सफल भयो । पहिलो हाफमा एक शुन्यले पछाडी रहेको इटालीले ६७ औं मिनेटमा खेल एक एकमा पु¥यायो । इटालीका लागि लियोनार्दो बोनुसीले गोल गरे । त्यसपछि पनि दुवै टिमबाट मौका सिर्जना भएपछि गोल हुन सकेन । जसका कारण खेल अतिरीक्त समयमा धकेलिएको थियो ।अतिरिक्त समयमापनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा इटाली विजयी भएको हो । यसैबीच इटालीका बोनुसीले युरो कपको फाइनलमा गोल गर्ने बढी उमेरका सर्वाधिक खेलाडी बनेका छन् । उनले ३४ वर्ष ७१ दिनमा गोल गरेका हुन् । यसअघि यो रेकर्ड वेष्ट जर्मनीका र्बेनार्ड होल्जेनबिनको नाममा रहेको थियो । उनले १९७६ मा ३० वर्षको उमेरमा गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*