जनताको समस्यामा राजनीति नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

स्वर्णिम खबर
२६ असार २०७८, शनिबार १८:५०

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समस्यामा राजनीति गरेर विकासमा बाधा पुराउने काम नगर्न सबैलाई सचेत गराउनुभएको छ ।
सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन पछि सनिबार मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनतालाई नै समस्यामा पार्ने गरेर राजनीति नगर्न सचेत गराउनुभएको हो । उहाँले जनताका समस्या तथा असुविधाहरुको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रुपमा प्रयोग गर्ने गरिएको पाईएको भन्दै त्यसकिसिमको काम नगर्न सचेत गराउनुभएको हो । बाढी प्रभावित स्थानमा तत्काल गर्नुपर्ने काम र दीर्घकालिन काम बारे योजना बनाई कार्यान्वयन गर्नका लागि आफु सबै सरोकारवाला निकायका पदाधिकारी संलग्न टीम सहित त्यहाँ पुगेको पनि प्रधानमन्त्रीले बताउनुभयो । पुर्ननिमाणको कामलाई ठिक ढंगले र प्रभावकारी ढंगले शिघ्र अघि बढाउने संकल्पका साथ आफु टिम सहित पुगेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले पुर्न निर्माणका कामहरुलाई योजनावद्ध र तिब्रताका साथ अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

जनता, संघसंस्था र सरकार मिलेर यस्ता विपद्मा परेकालाई राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दुईवटा चाउचाउ दिएर प्रचारप्रशार बढी गर्ने गरिएको उल्लेख गर्दे उहाँले देखाउन नभई कठिनाई घटाउनका लागि सहयोग गर्नुपर्ने तर्फ सबैलाई सचेत गराउनुभयो । स्थानीय निकाय वा संघ संस्थासंग प्रभावितहरुका लगत रहेको र त्यही लगतको आधारमा आवश्यकताको सिद्धान्त अनुसार राहत वितरण गरिने हुँदा स्थानीय निकायलाई नै राहत उपलब्ध गराउन दाताहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले हेलम्बुमा केही चेक हस्तान्तरण गर्नुको साथै ३ सय ६६ घरका लागि १५ सय बण्डल जस्तापाता वितरण गर्ने घोषणा गर्नुभयो । सरकारले प्रतिपरिवार ५० हजार रुपैया उपलब्ध गराई जस्ता पाता पनि वितरण गरेपछि अस्थायी पुननिर्माणका काम गर्न सकिन्छ भनेर त्यस किसिमको सोच बनाएको उहाँले स्पष्ट पार्नुभयो । बाढीपहिरो र भुईचालो जस्ता प्राकृतिकजन्य विपदबाट सिन्धुपाल्चोक पटक पटक प्रभावित हुदै आएको भन्दै उहाँले हरेक बर्ष पुनस्थापनाको काम गर्ने भन्दा पनि पहिरोमा नपर्ने गरी आवास निर्माण गर्ने तर्फ सहज हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जुरेको पहिरोका सम्बन्धमा उठेको पैसा पनि कानुनी व्यवधानका कारण प्रयोग गर्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*