बागमती प्रदेशसभाको बैठक असार २६ गते बस्ने

स्वर्णिम खबर
२३ असार २०७८, बुधबार १८:४६

२३ असार, हेटौँडा । प्रतिपक्षी दलहरुको अवरोधको कारण अर्को सुचना नभएसम्मको लागि स्थगित भएको बागमती प्रदेशसभाको बैठक पुनः आह्वान भएको छ ।
असार २६ गते शनिबार दिनको ३ बजेको लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसअघि असार २५ गते शुक्रबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको वैठक बसी संसद् कसरी सञ्चालन गर्ने भन्ने टुंगो लगाइने सचिवालयका सूचना अधिकारी विनोद अमात्यले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०७८÷०७९ बजेट पास गराउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद सिर्जना हुँदा प्रदेशसभाको बैठक अवरुद्ध भइरहेको छ । प्रतिपक्ष दलको अवरोधका कारण प्रदेशसभाका बैठक असार २१ गते सोमबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए । प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*