युरोकप २०२०ः इटाली फाइनलमा प्रवेश, ट्राइब्रेकरमा स्पेन स्तब्ध
२३ असार, हेटौँडा । अपराजित यात्रालाई कायम राख्दै इटाली युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा सम्पन्न सेमिफाईनल खेलमा स्पेनलाई ट्राइब्रेकरमा ४–२ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो । खेलको ६० औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए तर खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले स्पेनका लागि बराबरी गोल फर्काए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको छिनाफानो टाइब्रेकरबाट भएको हो । पेनाल्टी सुटआउटमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् । यो जितसँगै इटली उपाधि नजिक पुगेको छ । अब इटलीले उपाधिका लागि इंङल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंङल्याण्ड र डेनमार्कको खेल आज राति पौने एक बजे वेम्बलीमा हुँदैछ ।