बागमती प्रदेशले चरिकोट अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने

स्वर्णिम खबर
२२ असार २०७८, मंगलवार १८:११

२२ असार, हेटौंडा । मृगौलाका रोगीहरुलाई डायलाइसिस सेवा सहज बनाउन बागमती प्रदेश सरकारले चरिकोट अस्पतालमा पनि डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ ।
प्रदेश मातहतका सबै अस्पतालहरुमा डाइलाइसिस सेवा सञ्चालनमा ल्याउने प्रदेश सरकारको निति अनुरुप चरिकोट अस्पतालमा डाइलाइसिस मेसिन जडान गर्ने भएको हो । डायलाइसिसको मेसिन तथा औजार खरिद गरिसकेकोले एक हप्ताभित्र जडान गरिसक्ने सामाजिक बिकास मन्त्रालयका अस्पताल तथा चिकित्सा सेवा महाशाखाका डाक्टर रबिन भुषालले जानकारी दिनुभयो । प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले ४ वटा हेमोडायलाइसिस मेसिन, ६ वटा शैया, तथा अन्य आवश्यक मेसिनहरु खरिद गरिसकेको जनाएको छ । यसअघि असार १४ गतेदेखि प्रदेश सरकारले आफ्नो मातहतको हेटौंडा अस्पतालमा ८ वटा हेमोडायलाइसिस मेसिन जडान गरि सेवा सुचारु गरेको थियो । चरिकोट अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्न सामाजिक बिकास मन्त्रालयले १ करोड बजेट छुट्याएको थियो । यस्तै आर्थिक बर्ष २०७८–०८९ मा प्रदेश मातहतका सेवा दिन बाँकी सबै अस्पतालहरुमा डायलाइसिस सेवा सञ्चालन गर्ने सामाजिक बिकास मन्त्रालयले जनाएको छ । विभिन्न कारणले मृगौलामा खराबी आइ काम गर्न बन्द भएको अवस्थामा डायलाइसिस मार्फत उपचार गराउनुपर्ने हुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*