बागमती प्रदेशसभाको बैठक पुनः अवरुद्ध, अर्को सुचना नभएसम्म बैठक स्थगित

स्वर्णिम खबर
२१ असार २०७८, सोमबार १९:२१

२१ असार, हेटौँडा । प्रतिपक्षी दलको अवरोधको कारण बागमती प्रदेशसभाको बैठक पुनःअवरुद्ध भएको छ ।
सोमबार दिउँसो बोलाइएको प्रदेशसभा बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गर्नुभएको हो । बैठकको सुरुवातमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्याएको बजेटप्रति असहमति प्रकट गर्नुभएको थियो । मुख्यन्त्री डोरमणि पौडेलसंग बजेटको विषयमा एउटा समझदारी र निष्कर्षमा नपुगेसम्म बैठक नराख्न नेता जम्मकट्टेलले आग्रह गर्नुभयो ।प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । विपक्षीको अवरोधका कारण शनिबारदेखि प्रदेशसभाको बैठक लगातार प्रभावित भइरहेको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले बजेटलाई लक्ष्यहीन, असन्तुलित र अमूर्त भन्दै टिप्पणी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*