दलहरुबीच सहमति नजुट्दा बागमती प्रदेशसभाको बैठक स्थगित

स्वर्णिम खबर
२० असार २०७८, आईतवार १८:४८

२० असार, हेटौँडा । आइतबार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रदेशसभाको बैठक सञ्चालनको विषयमा दलहरुबीच सहमति नजुटेपछि सुचना टाँसेर प्रदेशसभाको बैठक स्थगित गरिएको हो । विनियोजन विधेयकमा असन्तुष्टि व्यक्त गर्दै शनिबार विपक्षी दलहरूले संसद अवरुद्ध गरेका थिए । बैठक सञ्चालन गर्न सभामुख सानुकुमार श्रेष्ठको हेटौंडा–१० स्थित सरकारी निवासमा बसेको सर्वदलीय बैठकमा ठोस सहमति नभएपछि प्रदेशसभाको बैठक सोमबार मात्र बस्ने भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो १ बजेको लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*