युरो २०२०ः क्वाटरफाइनल समीकरण पुरा, उपाधि दाबेदार टोली अन्तिम १६ बाटै आउट

स्वर्णिम खबर
१६ असार २०७८, बुधबार ११:२७

१६ असार, हेटौँडा । युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको हो । मंगलबार राति भएको पहिलो खेलमा इंग्ल्याण्डले कठिन प्रतिद्वन्द्वी जर्मनीलाई २–० ले पराजित गरेको हो । इंग्ल्याण्डलाई विजयी गराउन राहिम स्टर्लीङ र ह्यारी केनले एक–एक गोल गरे । हारसँगै जर्मनीको युरोकपको यात्रा प्रि क्वाटरफाईनलमै टुगिएको हो । यस्तै मंगलबार राती नै दोश्रो खेलमा युक्रेनले स्वीडेनलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ । खेलको निर्धारित समयमा युक्रेनका जिन्चेकोले पहिलो गोल गरे भने स्विडेनका एमिल फोर्सवर्गले बराबरी गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा युक्रेनका आर्तेम दोबिकले एक गोल गर्दै टोलीलाई क्वाटरफाईनलमा पु¥याए । साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै आउट भएका छन् । क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ ।

क्वाटरफाइनल खेल मिति, समय र स्थान
 स्विट्जरल्याण्ड भर्सेस स्पेनः जुलाई २ (असार १८ गते), ९ः४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
 बेल्जियम भर्सेस इटलीः जुलाई २ (असार १९ गते), १२ः४५ बजे (म्युनिक, जर्मनी)
 चेक रिपब्लिक भर्सेस डेनमार्कः जुलाई ३ (असार १९ गते), ९ः४५ बजे (बाकु, अजरवैजान)
 युक्रेन भर्सेस इंग्ल्याण्डः जुलाई ३ (असार २० गते), १२ः४५ बजे (रोम, इटली)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*