मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ

स्वर्णिम खबर
१४ असार २०७८, सोमबार १८:२९

१४ असार, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार शुभारम्भ भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । प्रतिष्ठानले दक्ष जनसक्ति उत्पादन गर्ने र भरपर्दो सेवा दिनेमा विश्वस्त रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यस प्रतिष्ठानद्वारा उत्पादित बिद्यार्थी हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान वनाउनुपर्ने वताउनुभयो । प्रतिष्ठानले सुरुवात देखिनै राम्रो काम गरेको वताउँदै उहाँले हरेक शिक्षालाई गुणस्तरिय शिक्षाको रुपमा बिकास गर्दै जानुपर्नेमा जोड दिनुभयो । यस्तै शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको ड्रिम प्राजेक्टका रुपमा यो प्रतिष्ठानलाई लिइएको वताउनुभयो । अर्को वर्षदेखि प्रतिष्ठानमा एमबिबिएसको पनि पढाइ हुने उहाँले वताउनुभयो । हेटौंडा अस्पताललाई पाँच सय शैयाको अस्पतालका रुपमा बिकास गर्न लागिएको समेत उहाँले वताउनुभयो । बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको र अब पढाइ पनि सुरु गर्न लागिएको प्रतिष्ठनाका रजिष्टार राजेश प्रसाईले वताउनुभयो । जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*