प्रधानमन्त्रीको प्रश्नः अघिल्लै दिन धादिङमा कसरी स्याल करायो ?

स्वर्णिम खबर
११ असार २०७८, शुक्रबार १७:५८

११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायलयले निर्णय गर्नुपुर्व नै सो बारे चर्चा गरिनुले शंका उब्जाएको बताउनुभएको हो । सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरुको सपथ र कार्यविभाजन संविधान अनुकुल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यस विषयमा अघिल्लो दिन नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले यस्तो गर्देछ भनी अभिव्यक्ति दिएकाले न्यायलयको निश्पक्षता मााथि प्रश्न खडा भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो “कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोली अदालतले हटाउदैछ भन्ने सुचना मैले पाएको छु । न्याय निश्पक्ष निरुपण भयो कि अरुनै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ , नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ । ” उहाँले हरेक प्रणालीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफनै कामले प्रमाणित गर्नुपर्ने भन्दै उहाँले त्यस अघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताउनुभयो । गणतन्त्रप्रतिको गैहभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तराष्ट्रिय मञ्चहरुमा देखिदै आएको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*