मकवानपुरको १० वटै स्थानीय तहको बजेट सार्वजनिक
११ असार, हेटौँडा । मकवानपुर जिल्लाको १० वटै स्थानीय तहले बिहिबार आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मिना कुमारी लामाका अनुसार आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत बर्षको नगद मौज्दातबाट ५६ करोड रुपँयाको व्यवस्थापन गरिने उपमेयर लामाले बताउनुभयो । बजेटमा पुर्वाधार विकास तर्फ १ अर्ब ३० करोड ६० लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ६१ लाख १० हजार, संस्कृति प्रवर्द्धनतर्फ २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख विनियोजन गरिएको छ । उपमहानगरपालिकाले नगरबासीलाई निःशुल्क कोभिडविरुद्धको खोप लगाउने देखि प्रादेशिक थोक बजार, फलफूल तथा तरकारी बजार केन्द्र निर्माण लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
थाहा नगरको बजेट ९५ करोड ६४ लाख
थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट ल्याएको छ । नगरपालिकाको नवौ नगरसभामा उपप्रमुख खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८र७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि अन्तरिक स्रोत तर्फ ११ करा ८८ लाख ४९ हजार, राजश्व बाडँफाँड तर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेश गरेको हो । त्यस्तै संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख, प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरि जम्मा ९५ करोड ६४ लाख ३२ हजारको बजेट बाँडफाँड गरिएको उपप्रमुख गोपालीले जानकारी दिए ।जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सरुक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च पेश भएको हो । थाहाले नयाँ कार्यक्रम भन्दा पनि अघिल्लो वर्षका कार्यक्रमलाई निरन्तरता दिएको छ । युवा लक्षित कार्यक्रममा पालिकाको ध्यान जान सकेको छैन भने कोरोना नियन्त्रण नगरको प्राथमिकतामा रहेको छैन् । थाहाले पुर्वाधार निर्माणमा शुद्ध पिउने पानी, हाम्रो जिन्दगानी’ भन्ने नाराको साथ नगरका सबैघरमा सभंव भएसम्म ‘एकघर, एक धारा’ पु¥याउन कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बकैयाको बजेट ६२ करोड ८३ लाख
मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८÷०७९ को बजेट ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सरला बोलखेले ६२ करोड ८३ लाख ७८ हजार रुपैंयाको बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष बोलखे अनुसार खर्च तर्फ नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड,बागमती प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, आन्तरिक आय र चालु आव को मौज्दात समेत जम्मा रकम रु ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा रकम मध्येसंचालन खर्च तर्फ रु ७ करोड, र विकास बजेट तर्फ रु २६ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा विनियोजन गरिएको छ । गाउँपालिकाले खरको छानामुक्त गाँउपालिका निर्माणको लागि विपन्न वर्ग, द्वन्द्व पिडित, सहिद परिवार, सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाको बजेट ६२ करोड ९२ लाख
मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट ल्याएको छ । आर्थिक वर्ष २०७८÷०७९ को लागि संघीय सरकार र प्रदेश सरकारको गरी वित्तिय समानिकरण अनुदान ११ करोड ३८ लाख ६७ हजार प्राप्त हुने गाउँपालिकाले जनाएको छ । त्यस्तै संघीय सरकार राजश्व बाँडफाँडका विभिन्न शीर्षकबाट १७ करोड ५५ लाख ५० हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ । अन्तरिक स्रोत तर्फ ८८ लाख रकम प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारको सर्शत अनुदानका विभिन्न शीर्षकमा गरी २२ करोड ४७ लाख र संघीय र प्रदेशको समपुरक बजेट ३ करोड ९३ लाख रहेको छ । संघीय सरकारले विशेष अनुदानको रुपमा ६ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाले कृषि, पर्यटनलाई बढी प्राथमिकतामा राखेर युवा लक्षित कार्यक्रमलाई समेत अघि बढाइएको छ । विभिन्न नाराका साथ ल्याइएको कार्यक्रमलाई गत वर्ष झैं यस वर्ष पनि निरन्तरता दिदैं नयाँ कार्यक्रमहरु समेत ल्याइएको छ ।
राक्सिराङ गाउँपालिकाको बजेट ५४ करोड ७३ लाख
यस्तै राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । राक्सिराङ गाउँपालिकाको आगामी आगामी आर्थिक वर्षको आषाढ मसान्तसम्ममा आन्तरिक राजश्व वृद्धि भई ४ करोड ८३ लाख रुपैयाँ संकलन हुने, चालू आर्थिक वर्षमा ३ करोड रुपैयाँ मौज्दात रहने, संघीय सरकारबाट ३९ करोड १८ लाख १३ हजार रुपैयाँ र प्रदेश सरकारबाट ७ करोड ७१ लाख ०७ हजार ८ सय ४३ रुपैंया वित्तीय हस्तान्तरण मार्फत प्राप्त हुने अनुमान गरिएको छ । केन्द्रीय वित्तीय समानीकरण अनुदानमा १० करोड १२ लाख, सशर्त अनुदान १७ करोड १९ लाख, विशेष अनुदान २ करोड ८ लाख र राजस्व बाँडफाँडबाट ८ करोड ८० लाख प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट बित्तीय समानीकरणमा ८२ लाख, सवारी साधन करको बाँडफाँडबाट एक करोड ५८ लाख, सशर्त अनुदान १ करोड ७० लाख, विशेष अनुदान ६० लाख र समपुरक अनुदान २ करोड ९९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानी पनि ४ करोड ८३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । कोरोना महामारी रोकथामको लागि स्वास्थ्य पूर्वाधार निर्माण, सडक पूर्वाधार निर्माण र स्तरीकरण, प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण लगायतका विषयलाई गाउँपालिकाले प्राथमिकतमा राखेको छ ।
कैलाश गाउँपालिकाको बजेट ४५ करोड ९६ लाख
कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४५ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट अनुसार, पालिकाले २० करोड पुँजिगततर्फ (४५ प्रतिशत) र २५ करोड रुपैयाँ चालु तर्फ (५५ प्रतिशत) बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई बढी जोड दिई गाउँपालिकाले आर्थिक आगामी आर्थिक वर्षको बजेट बिनियोजन गरेको छ ।
मनहरी गाउँपालिकाको बजेट ८३ करोड ६७ लाख
यस्तै मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । बिहिबार बसेको ९ औं गाउँसभामा उपाध्यक्ष मनिला विष्टले आर्थिक वर्ष २०७८÷०७९ को लागि रु ८३ करोड ६७ लाख ८६ हजार बजेट विनियोजन गर्नुभएको हो । पालिकाले चालु र पुँजिगत कार्यक्रम तर्फ एकमुष्ट ८३ करोड ६७ लाख ४६ हजारको बजेट विनियोजन गरेको छ । बिगत बषहरुमा संचालन गर्दै आएको निति तथा कार्याक्रमहरुलाई निरन्तरता दिई स्वास्थ्य सुरक्षाका कार्यक्रम समेत थप गरी गाउँपालिकाले बजेट ल्याईएको छ ।
इन्द्रसरोवर गाउँपालिकाको बजेट ३८ करोड ४१ लाख
यस्तै उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले बजेटमा सडक पूर्वाधार बिस्तार, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गता मैत्री, स्वास्थ्य सेवाको विकास, विस्तार लगायतलाई प्राथमिकतामा राखेको छ ।
भीमफेदी गाउँपालिकाको बजेट ६५ करोड ४१ लाख
यस्तै भीमफेदी गाउँपालिकाले ६५ करोड ४१ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष पार्वति रानाले प्रस्तुत गर्नुभएको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यस्तै, गाउँपालिकाले भीमफेदीको हात्तीसार क्षेत्रमा साहसिक खेल जिपलाइन र भीमफेदी गाउँपालिका ९ मा रक क्लाइम्बिङ, ९ नम्बर मै लालिगुराँस साइक्लिङ ट्रयाकसम्मको योजना सार्वजनिक गरेको छ ।
बागमती गाउँपालिकाको बजेट ५३ करोड ६६ लाख
बागमती गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको लागि ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ । पालिकाले आर्थिक विकासको माध्यमबाट गरिवी न्यूनीकरण श्रमीकको, न्यूनतम पारिश्रमिक निर्धारण र शिक्षा स्वास्थ्य, र्दृघटना विमा को व्यवस्था गरी बेरोजगारीकोको समस्या समाधानमा सघाउ पु¥याउने नीति लिएको छ ।