बुधबार मकवानपुरमा ६८ जना कोरोना संक्रमित थपिए
९ असार, हेटौँडा । मकवानपुरमा जिल्लामा बुधबार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४० जनाको पिसिआर विधिबाट र २८ जनाको एन्टीजेन विधिबाट कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुर जिल्लामा कोरोना संक्रमितको संंख्या १० हजार ६ सय ११ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेशनबाट ८३ जना र संस्थागत आइसोलेशनबाट १५ जना संक्रमणमुक्त भएका हुन् । यसंसगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ४ सय १० पुगेको स् छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमानगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यससंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २१ जना पुगेको छ ।