फरक ढंगले राजनीति नगर्न प्रधानमन्त्री ओलीलाई नेता थापाको चेतावनी

स्वर्णिम खबर
८ असार २०७८, मंगलवार १२:४०

८ असार, काठमाडौं । नेकपा(एमाले)का नेता मणि थापाले आफुहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताउनुभएको छ ।

नेता थापाले आफुहरु प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गर्नुभयो । उहाँले आफुहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पार्नुभयो । ओली र प्रचण्डले शुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफुहरुले कुनै राजनीतिक रुपमा गल्ती नगरेको उहाँले बताउनुभयो । नेता थापाले नेकपा(एमाले)को एकतालाई आफुले जायज र न्यायिक ठान्ने बताउनुभयो । एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुुपर्ने र माधव समुह पनि एकतामा आउनुपर्ने उहाँले बताउनुयभो । एमाले एकताले आफुहरुलाई फरक नपर्ने बताउँदै झनै ठुलो डिबेट कम्युनिष्ट आन्दोलन अगाडी बड्ने र डिवेटमा भाग लिन आफुहरु तयार रहेको पनि उहाँले बताउनुभयो । नेता थापाले आफुहरु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पार्नुभयो । पुरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुविकरण आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्व एमालेको एकतामा पूर्व माओवादीको समुह मिसिदाँ कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुने भएकाले यसैको ध्रविकरणमा उहाँले जोड दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुर्नगठन गर्ने सुझाव दिएको उहाँले बताउनुभयो । सर्वोच्चको फैसलापछि पुर्नगठन गर्दा राजनीतिक, कानुनी र नैतिक रुपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भएपनि प्रधानमन्त्री ओलीको निर्णयमा आफुहरुको असन्तुष्टि नरहेको उहाँले उल्लेख गर्नुभयो । तर प्रधानमन्त्री ओलीले आफुहरुको सहभागिता बिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उहाँले बताउनुभयो । नेता थापाले एमालेभित्र पूर्व माओवादीहरुले पूर्व समुहको रुपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताउनुभयो । उहाँले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रीकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेण्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*