मकवानपुरमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ९७ जना संक्रमणमुक्त
७ असार, हेटौँडा । मकवानपुरमा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४२ जनाको पिसिआर विधिबाट र ४७ जनाको एन्टिजेन विधिबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १० हजार ४ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइशोलेसनबाट ८४ र संस्थागत आइशोलेसनबाट १३ जना गरी ९७ जना कोरोना संक्रमणमुक्त भएका हुन् । जिल्लामा हालसम्म ९ हजार २ सय २३ जनाले कोरोना जितेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा हालसम्म १ सय १७ जना संक्रमितको मृत्यु भएको छ ।