गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
४ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाउनु भएको छ ।
शुक्रबार प्रदेश सभामा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले विश्वासको मत दिएका हुन् ।सभामा उपस्थित ५८ जना सांसद मध्ये ३१ जनाले पक्षमा तथा २७ जनाले विपक्षमा मत दिएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो । मुख्यमन्त्री पोखरेललाई उहाँकै पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपासहित स्वतन्त्र सांसदले मत दिएका हुन् । विपक्षमा भने नेकपा एमालेका सांसदहरुले मत हालेका थिए । सदनबाट पोखरेलले काङ्ग्रेसको १५, माओवादी केद्रको ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको २÷२ तथा स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को १ मत पाउनुभएको हो ।