मकवानपुरमा शुक्रबार ९७ जना कोरोना संक्रमित थपिए, १ सय ७ जना संक्रमणमुक्त

स्वर्णिम खबर
४ असार २०७८, शुक्रबार १८:१०

४ असार, हेटौँडा । मकवानपुरमा शुक्रबार ९७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
७९ जनाको पीसीआर परिक्षणबाट ३७ जनामा र १ सय ७७ जनाको एन्टीजेन परिक्षणबाट ६० जना गरी ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हो । मकवानपुर आज ३७ प्रतिशतमा कोरोना पुष्टि भएको हो । यो संगै हालसम्म मकवानपुरमा कुल संक्रमितको संख्या १० हजार १ सय ८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । होम आइसोलेशनबाट ९८ जना र संस्थागत आइसोलेशनबाट ९ जना कोरोना संक्रमणमुक्त भएको हो । मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ८ हजार ९ सय ३३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्ला बाहिरका १ र जिल्ला भित्रका २ जना गरी थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका १–१ रहेका छन् भने सर्लाही जिल्लाको १ जना रहेको छ । यो संगै हालसम्म मकवानपुरमा कोरोना संक्रमणबाट १ सय १५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*