सञ्चालनको पहिलो वर्षमै तीन संकायमा अध्यापन गराउन अनुमति
१ असार, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाले सञ्चालनको पहिलो वर्षमै ३ वटा विषय पढाउने अनुमति पाएको छ ।
बागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको हो । जसमा प्रदेश सरकारले ७५ प्रतिशतलाई निशुल्क अध्यापन गराउने भएको छ । चिकीत्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन संकायमा अध्यापन गराउनका लागि अनुमति दिएको हो । प्रतिष्ठानले अब पहिलो शैक्षिकसत्रमा तीन संकायमा स्वास्थ्यका तीन संकायमा अध्यापन गराउने भएको छ । आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडीकल ल्याबटेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउनका लागि अनुमति प्राप्त गरेको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले वताउनुभयो । चिकित्सा शिक्षा आयोगल छनोट गरेका ७५ प्रतिशत बिद्यार्थीलाई प्रदेश सरकारले निशुल्क रुपमा पढाउन लागेको उहाँले जानकारी दिनुभयो ।