मकवानपुरमा सोमबार ७५ जना कोरोना संक्रमित थपिए, १ सय ५७ जना संक्रमणमुक्त

स्वर्णिम खबर
३१ जेष्ठ २०७८, सोमबार १६:२३

३१ जेठ, हेटौँडा । मकवानपुर जिल्लामा सोमबार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ८३ जनाको स्वाब परीक्षण गर्दा पिसिआर विधिबाट २८ र एन्टिजेन विधिबाट ४७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका ३३ जना रहेको छ । यस्तै थाहा नगरपालिकाका ११ जना, मकवानपुर गढी गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका ६ जना, मनहरी गाउँपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका ७ जना र बकैया गाउँपालिकाका ५ जना रहेको छ । यो संगै मकवानपुरमा जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ९ हजार ९ सय २४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइशोलेसनबाट १ सय ४७ र संस्थागत आइशोलेसनबाट ११ जना गरी १ सय ५८ जना संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । यो संगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ हजार ४ सय ५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*