बुधबार १ सय ७७ जना संक्रमणमुक्त हुँदा ८३ जना संक्रमित थपियो, थप २ जनाको मृत्यु
२६ जेठ, हेटौँडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा १ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
होम आइसोलेसनबाट १ सय ७२ जना र आइसोलेसनबाट ५ जना गरी १ सय ७७ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ६ सय ४२ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै आज थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ५ सय ७९ जना पुगेको कार्यलयले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१४ का ७५ वर्षीय पुरुष र हेटौंडा–१८ का ७२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । उनीहरु दुबै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ ।